बिदुर खडका

डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिकाले कर्मचारी सरुवा र हेरफेर गरेको छ । केही कर्मचारीले कार्यालयले तोकेको स्थानमा गएर काम गर्न नमानेपछि प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले कर्मचारीहरुको सरुवा गर्नुभएको हो । कर्मचारीले अहिले पनि कार्यालयबाट तोकिएको स्थानमा जान आनाकानी गरेको पाइएको छ ।

अधिकृत पोखरेलले कार्यालयबाट खटाएको स्थानमा जान नमान्ने कर्मचारीउपर कारबाही गर्ने चेतावनी दिनुभएको छ । अधिकृत पोखरेलका अनुसार खटाएको स्थानमा नगए करारका कर्मचारीहरुलाई जागिरबाट निष्कासन गरिने र स्थायी कर्मचारीको हकमा भने तलब रोक्का र विभागिय कारबाही गरिने छ । कर्मचारीहरुले कार्यालयमा अनुशासित भएर काम गर्ने कि जागिर छोडने आफै निर्णय गर्नुपर्ने अधिकृत पोखरेलको भनाइ छ ।

विगतमा पूर्वमेयर डाक्टर कृष्ण पौडेलको कार्यकालमा समेत केही कर्मचारीको हेरफेर र सरुवा गर्ने प्रयास भएको भए पनि विवादका कारण सरुवा स्थगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here