नरेश गुप्ता,

बरियारपुर,प्रसौनी गाउँपालिकाले संचालनमा ल्याएको एम्बुलेन्स बिग्रिएपछि मर्मत नै नगरी लामो समयदेखि यस्तै थन्क्याएर राखिएको छ ।

आर्थिक वर्ष ०७७÷०७८ मा प्रसौनी गाउँपालिकाले खरिद गरेको बा १ झ ९५१ नम्बरको एम्बुलेन्स दुई वर्ष नबित्दै बिग्रेर थन्केपछि बिरामीहरुलाई ओसारपसार गर्न असहज भएको स्थानीयहरु बताउछन ।

बिरामीहरुको लागि सेवाप्रवाह गर्न भनेर खरिद गरिएको एम्बुलेन्स मर्मत नै नगरी प्रसौनीस्थित खानेपानी संस्थानको कम्पाउण्डभित्र थन्काएर राखिएको छ । प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीको लापरबाहीले एम्बुलेन्स थन्किएको बुझिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत केसरी बारागढी गाउँपालिकाबाट आएको झण्डै ९ महिना बितिसक्दा पनि बिरामी, गर्भवती महिलालाइ ओसारपसार गर्न सबैभन्दा बढी कठिनाइ भएको स्थानीयहरु बताउछन ।

त्यसैगरी प्रसौनी गाउँपालिकास्थित खानेपानी संस्थानमा जडान गरिएको सोलार बत्ति पनि अध्यक्ष गुप्ताको राईस मिलबाट आएको धुलोले फोहोर बनाएको अवस्थामा रहेको छ ।

विद्युत अवरुद्ध भएको बेला खानेपानी संस्थानमा जडान गरिएको सोलार पनि बिग्रिएको अवस्थामा पुगेपछि स्वच्छ पानी पिउने योजनाबाट समेत स्थानीयहरु बंचित रहेका छन ।

Leave a Reply