करिव एक दशक अगाडि बाराको निजगढ नजिक जसरी तराई मधेशबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग फाष्ट ट्याक अथवा द्रुर्तमार्ग निर्माण समयमा हुने आश नागरिकहरुले गरेका थिए, आज आएर यो अहिलेका पुस्ताका लागि नै अभिषापको बन्दैछ कि भन्ने संकेत देखिन थालेको छ । हुन त विकास भन्ने कुरा अभिषाप हुने कुरै आउदैन तर राजनीतिक दलको इच्छाशक्तिको अभाव र आपसी खिचातानीका कारण विकास निर्माण कार्य समयमा नहुने निश्चित देखिएको छ ।
दु्रर्तमार्ग बन्दै गर्दा निकै उत्साहित भएका यस क्षेत्रका मात्र नभइ देशभरका नागरिकहरुको भावनामाथि एकमाथि अर्को गरी ठेस लगाउने कार्य भइरहेको छ । शुरुमा ठेकेदारमार्फत काम शुरु भएको दुर्तमार्गको काम नेपाली सेनाले लिएपछि सो आयोजना समयमा पुरा हुनेमा नागरिकहरु धेरै आशाावादी थिए तर सेनाको काम पनि चित्तबुझ्दो भएन ।
यो मार्गको नेतृत्व लिइरहेका सेनानीमाथि कारबाहीको सिफासिर भएको छ । उनले काम गर्दा गर्दै जान÷अंजानमा गल्ती गरे होलान् तर अब काम गर्नेलाई नै कारबाही गरेपछि अब फेरि सेनाले काम गर्लात यो प्रश्न पनि स्वभाव रुपमा उठेको छ । सेनाले लिएको राष्ट्रिय गौरवको यो योजनाको काम समयमा नै सम्पन्न हुनेमा आशंका भएकाले अब नागरिकहरुका लागि दुर्गमार्गको नाउमा रमिता भएको भन्न थालेका छन् ।