सिकिन्द्र साह

सिम्राैनगढ –  बाराकाे आदर्श काेतवाल गाउँपालिका वडा नम्बर ७ काेतवालिकाे धावा , बेलवामा राहत बितरण गरिएको छ । वडा अध्यक्ष अलिउलाह अन्सारी तथा वडा सचिव असाेक श्रीवास्तको सहभागितामा सर्बदलिय बैठक बसालि गरिब तथा बिपनन परिवारलाई पहिचान गरि मसुराेकाे दाल,  चामल, खाने तेल , नुन , चिनि,  आलु , नुहाउने साबुन लगायत खाद्यवस्तुहरु दुई सय ९९ घरधुरिमा राहत प्रदान गरिएको हाे ।

 

 

 

राहत बितरण गर्ने क्रममा वडा अध्यक्षले बताउदै बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे कारणले गर्दा तथा लकडाउनकाे कारणले गर्दा बिच्लीमा परेकाे नागरिकलाई सक्दो सहयाेग गरे तापनि लक डाउनलाइ अझ केही दिनकाे लागि पालना गरिदिनकाे लागि आग्रह समेत गरेका थिए । कार्यक्रममा प्रहरी सहायक निरिक्षक सर्फलाल यादव सस्त्र प्रहरी तथा जिल्ला अनुसन्धानबाट ओमप्रकाश गुप्ता लगायत ब्यक्तीको सहभागितामा घरदैलो गरि घरमै गएर वाडा अध्यक्षले राहत बितरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here