कलैया,
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले बाराको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोक्दै चार क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
आयोगले बारा क्षेत्र नम्बर १ का लागि जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिकवक्ता शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृत तोकेको छ । यसैगरी क्षेत्र नम्बर २ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार किरणकुमार सिंह निर्वाचन अधिकृत हुनुभएको छ ।
बारा क्षेत्र नम्बर ३ मा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी अधिकृत नियुक्त भएका छन् । अधिकारीलाई चार वटै क्षेत्रको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिइएको छ । क्षेत्र नम्बर ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरे नियुक्त हुनुभएको छ ।


















