बारा १७ भदौ । श्रीमतीको हत्या अभियोमा बारामा श्रीमान पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका ३ गञ्जभवानीपुरका २७ वर्षीय सैमोदिन अंसारी २५ वर्षीय श्रीमती सहनाज खातुनको हत्या आरोपमा पक्राउ परेका हुन् ।खातुनको हत्या आरोपमा अंसारीस“गै उनको भाउजु २५ वर्षीय अप्सना खातुनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
बिहीबार बेलुका ५ बजे सहानाज घरमै मृत अवस्थामा फेला परेको र प्रहरीले जा“च गर्दा शरिरका विभिन्न भागमा कुटपिट गरिएको चोट देखिएकाले घरका परिवारसग सोधपुछ गर्ने क्रममा श्रीमान र भाउजुको संलग्नता पाइएपछि दुबैलाई पक्राउ गरिएको उनले बताए ।
मृतको शव पोष्टमार्टमका लािग त्रि.वि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको र पक्राउ परेका दुबैलाई हिरासतमा राखेर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको पनि बारा प्रहरीले जनाएको छ ।

















