मुलत : अहिले सडकको बिषयमा धेरै टिका टिप्पणी हुने गरेको पाइन्छ। सडक आम नागरिकहरु हिँड्ने बाटो हो । नागरिकहरु मात्रै होइन पशुहरु पनि सडकमा नै हिँड्ने अधिकार राख्दछन् तर यो ब्यवस्थित नभएका कारण मात्रै पशुकै कारण सवारी दुर्घटनामा बढ्ने गरेको हो । वीरगन्ज पथलैया सडकखण्डको कुरा गर्दा दिनदिनै जसो सवारी दुर्घटना हुने गरेको पाइन्छ । बाटो बन्दैछ तैपनि सवारी दुर्घटना न्यूनिकरण हुन सकेको छैन ।

 

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रयास पनि भएका छन् तर यो सार्थक हुन सकेको छैन । सडक चौडा नभएका कारण नै धेरै स्थानमा सवारी दुर्घटना भएको हो र बढेको पनि हो । नेपालको भूगोल एकैखालको छैन ठाउँ अनुसार सडकको बनावट होला यद्यपी जहाँ जे भएपनि सडक चौडा नै हुनु पर्दछ ।

 

सडक चौडा गर्नका लागि अतिक्रमण गरिएका घर र टहराहरु हटाउनुको बिकल्प छैन । आफ्नो सानो स्वार्थका लागि आफ्नै शरिर धरापमा पार्नु उचित हुन्न । घर वा टहरो भनेको फेरि बनाउन सकिने कुरा हो तर जीवन पाउन सकिन्न । त्यसैले सानो सोच राखेर भन्दा पनि बृहत तरिकाले बाटो चौडा गर्ने बिषयमा सबैले सोच्न आवश्यक छ अतिक्रमित स्थान हटाउनुको बिकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here