कृपा संवाददाता
हेटौंडा, २९ कार्तिक । देश–३ सरकारले प्रदेशका दश जिल्लामा फलफूल तथा तरकारी भण्डारणका लागि शित भण्डार निर्माण कार्य थालेको छ । प्रदेश–३ सरकारले मकवानपुरको थाहा नगरपालिकाबाट शित भण्डारको काम थालेको हो । किसानका उत्पादनहरुलाई भण्डार गरेर राख्न सहज होस् भनेर शित भण्डारको लागि सरकारले मोटो रकम खर्चन थालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

 

 

मन्त्रालयले १० जिल्लामा डीपीआर निर्माण गरेर चालु आर्थिक वर्षमा निर्माण गर्नका लागि ४५ करोड रुपैयाँ बजेट छुट्याएर काम थालेको हो । पहिलो चरणमा सरकारले चितवन, रसुवा, दोलखा, सिन्धुलीमा शीत भण्डार निर्माण गर्ने काम सुरु गरेको मन्त्री दावा दोर्जे लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here