निजगढ,निजगढ नगरपालिकामा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । केन्द्रको आज एक कार्यक्रमबीच नगर प्रमुख सुरथ पुरीले धार्मिक विधिअनुसार पूजापाठ गरेर शिल्यान्यास गर्नुभयो ।निजगढ नगरपालिकाको सिफारिसमा संघीय सरकारको विशेष अनुदान अन्र्तगत ५० लाख ५२ हजार लागतमा निजगढ ५ को स्कुल टोलमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनलागेको हो ।
केन्द्रको निर्माण पूरा भएपछि स्थानीय किसानले उत्पादन गरेको अन्न, तरकारी र फलफूल संकलन तथा बिक्री गर्न सहज हुने बताइएको छ ।

स्थानीय सार्वजनिक माध्यामिक विद्यालयको स्वमित्वमा रहेको २५ कठ्ठा जग्गा २० वर्षका लागि भाडामा लिएर नगरपालिकाले कृषिकहरुको सुविधाको लागि केन्द्र निर्माण गर्न लागेको हो । करिब १ कठठा क्षेत्रफलमा ट्रससहितको गोदाम घर, कमाउण्ड वालको साथै केराको उद्योग, चिस्यान केन्द्र, अन्न सुकाउने स्थान र पार्किङ्ग स्थलसमेत निर्माण गरिने जनाइएको छ ।
नगर प्रमुख सुरथ पुरीले किसानहरुले उत्पादन गरेका बस्तुको व्यवस्थापन र उचित बजार सुविधाको लागि टेवा पु¥याउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको बताउनभयो । ‘बजारमा माग कम भएको र मूल्य पनि न्यून भएको बखत किसानले आफ्नो उत्पादन केन्द्रमा ल्याएर राख्न सक्नेछन, नगर प्रमुख पुरीले भन्नुभयो, यसबाट सस्तोमा उपज बिक्री गर्नुपर्ने बाध्यताबाट किसानहरु मुक्त हुनेछन ।’ कृषिजन्य उत्पादनमा हुदैआएको कालो बजारी नियन्त्रण गर्न र व्यापारीहरुले पनि एकै ठाउबाट ठूलो परिमाणमा कृषि उत्पादन खरिद गर्नसक्ने उहाँको भनाई छ ।

कृषि उत्पादन संकलन र बिक्री केन्द्र अभावमा समस्या बेहोर्दै आएका किसानहरु केन्द्र निर्माण हुने भएपछि खुशी भएका छन । स्थानीय कृषक थिरप्रसाद गौतमले अन्नबाली सुकाउने र राख्ने ठाँउ नहुँदा बाली भित्राउनै समस्या बेहोर्दै आउनु परेकोमा अब यस्तो समस्याबाट मुक्ति पाइने आशा जागेको बताउनभुभयो ।निर्माण कम्पनी लोकहित निर्माण सेवा, निजगढ ७ ले आगामी २०८३ असार महिनाभित्र सम्पन्न गर्ने गरी नगरपालिकासंंग संझौता गरेको भएपनि तोकिएको समयभन्दा अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको ठेकदार बिदुर खरेलले बताउनुभएको छ ।

Leave a Reply