सिमरा,९औं राष्ट्रिय फुल्कन्टयाक्ट कराते छनौंट खेलकुद प्रतियोगिता बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरमा सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद बारा शाखाका संयोजक भिखारी साहको अध्यक्षतामा सम्पन्न भएको प्रतियागतिमा जिल्ला भरिका खेलाडीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता तथा गाउँपालिका अध्यक्षका प्रत्यासी संजु साहले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उहाँले प्रतियोगितको सफलताको कामना गर्दै राम्रो खेलाडी छनोंट हुँनेमा आँफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले स्वास्थको लागि खेलकुद अति नैं आवश्यक रहेको हुनाले यस्ता प्रतियोगिताहरू नियमित रूपमा गर्न आयोजकलाई आग्रह गर्नुभयो । नेता साहले खेलाडी नैं देशको गहना भएको हुनाले तिनै तहको सरकारले यसमा बढीभन्दा बढी लगानी गरी खेलाडीहरूको मनोबल बढाउन आग्रह गर्नुभयो ।
खेलाडीहरूको मनोबललाई बढाउँन आफ्नों निरन्तर साथ र सहयोग रहने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा परवानीपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गम्भीरा राउत कुर्मी, वडा सचिव संतोष नेपाली, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, सदस्य प्रमोद यादव, प्राध्यापक सरोज यादव, बारा जिल्लाका खेलाडी, आयोजका पदाधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।



















