बारा,जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा गाँजा बोकेको ट्रक सहिज दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा आइतवार दिउसो ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजस्थित हेटौडा–पथलैया सडक खण्डमा आवतजावत गर्ने सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ३४ किलोग्राम गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो ।

हेटौडाबाट पथलैयातर्फ आउदै गरेको प्र.३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक रोकी चेकजाँच गर्दा ट्रकको पछाडिको भागमा बिस्कुटको कार्टुनसँगै रातो प्लाष्टिकभित्र हाली प्लाष्टिकको डोरीले बाँधी पोका बनाएर लुकाइछिपाई राखेको अवस्थामा अवैध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी बताउनुभयो ।

Leave a Reply