काठमाडौं। लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
राष्ट्रिय जेन्जी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी र विधि तथा प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो।
अभियानका संयोजक अजय सोडारीका अनुसार आनि छोइङको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको छ।
रिट निवेदकमा अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटी रहेका छन्।
उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतले बुधबार पेसी तोकेको छ। रिटमा नियुक्ति प्रक्रिया कानुनसम्मत नभएको दाबी गर्दै त्यसको वैधानिकता परीक्षण गर्न माग गरिएको छ।
















