निजगढ,निजगढ नगरपालिकामा पूर्वाधारयुक्त, सुविधा सम्पन्न र व्यवस्थित सहर निर्माण हुने भएको छ । निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा सरोकारवालाहरुबीच सोमबार बिहान भएको छलफलमा वडा नम्बर ६ र ८ मा पर्ने जमिनमा जग्गा एकीकरणमार्फत पूर्वाधारयुक्त सहर निर्माण गर्ने सहमति भएको हो ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापा, वडा नम्बर ६ की महिला सदस्य मिथिला घिमिरे, स्थानीय जग्गाधनी र कन्सल्टेन्सी संस्था रेस इन्जिनियरिङ्गका प्रतिनिधिहरुकोसमेत सहभागितामा भएको सो छलफल कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ६ मा पर्ने जंगली पैनीबाट पश्चिमको जमुना पैनीसम्म र सोही वडाको सडकटोलबाट पुरानो निजगढसम्म पुग्ने सडकबाट दक्षिण तथा वडा नम्बर ८ को रैयाटोलबाट निजगढ नगरपालिका वडा नम्बर ४ मजुवासम्म पुग्ने सडकको उत्तरमा पर्ने करिव ८५ बिगाहा क्षेत्रमा आधुनिक सहर निर्माण हुने निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो । सो सहरभित्र सडक, ढल, सार्वजनिक स्थल र अन्य पूर्वाधारसमेत निर्माण गरिने उहाँको भनाइ थियो ।

Leave a Reply