बरियारपुर, ११ भदौँ– नेपाल विधुत प्राधिकरण बितरण केन्द्र कलैयाको टोलीले बिधुत चोरीमा प्रयोग भएको ९ थान विधुतीय मोटर बिहिवार बरामद गरेको छ ।

वितरण केन्द्र कलैयाका प्रमुख गजेन्द्र चौधरीको अगुवाइमा रहेको बिधुत चुहावट नियन्त्रण टोली र नेपाल प्रहरीको टोलीले संयुक्तरुपमा कारवाही गरेर जिल्लाका विभिन्न स्थानबाट विधुत हुकिङ्ग गरी सिचायीको लागि बोरिङ्गको पानी तान्न प्रयोग भएको ९ वटा मोटर बरामद गरिएको कार्यलय प्रमुख चौधरीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न पालिकाहरुमा किसानहरुले विधुत चोरी गरेर घरमा बत्ति बाल्ने र धान खेतमा सिचायी गर्ने गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here