बारा,जिल्ला प्रहरी कार्यालय बाराले १ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वा निवासी संजिव जैसवालले सञ्चालन गरेको मदिरा भट्टी पसल पनि प्रहरीले नष्ट गरेको हो ।

विशेष सूचनाको आधारमा गएको प्रहरीले भट्टीबाट १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको हो । स्थानीय जनप्रतिनिधि लगायतको रोहबरमा छापा मारेर रक्सी उत्पादनमा प्रयोग गरिने भाँडा तथा ७ बोरा सक्खर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

फोटो पनि छ ।

 

Leave a Reply