पछिल्ला दिनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग र प्रधानमन्त्री केपी शर्मा ओलीकाबीचमा मतभेद भएका कुराहरु बाहिर आएका छन् । विद्युत महसुल लगायतका विषयमा विवाद भएको भन्ने कुरा आएको छ । उद्योगी, व्यवसायीसंगको फरक कुरा होला तर आम नागरिकहरुले भने बिजुली मज्जाले बाल्न पाउनुपर्दछ । अहिले आम नागरिकहरुले विद्युतको बक्यौता रकम तिरेर पनि राम्रोसंग बत्ती बाल्न पाएका छैनन् ।

बारा जिल्लाको कुरा गर्ने हो भने त झनै समस्या छ । बाराको लगभग सबै ठाउँमा पूरा भोल्टेज नआउँदा बिजुलीको समस्या छ । गाउँघरका नागकिहरुले भने जरी बत्ती बाल्न पाएका छैनन् तर पैसा नतिर्ने भन्ने छैन । अलिक वर्ष अगाडिसम्म त बारामा पनि बिजुली चोरीको समस्या ठूलै थियो अब यो समस्या पनि कम छ । यसमा धेरै नियन्त्रण भएको छ । अब विद्युत प्राधिकरणले नागरिकहरुले बत्ती निर्धक्कसंग बाल्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्दछ ।

केवल ठूला बडाहरुको विषयमा मात्र विद्युत प्राधिकरण अल्झने होइन । पैसा तिरेर पनि नागरिकहरुले राम्रोसंग बत्ती बाल्न पाउदैनन् भने विदेशमा बिजुली निर्यातको अर्थ छैन । अहिले निकै समस्या छ ।बाराका जनप्रतिनिधिहरुआफै जनताको कुरा पीडा लिएर विद्युत कार्यालयमा धर्ना दिन बाध्य छन् । त्यसैले पनि अब यो समस्याका बिषयमा विद्युत प्राधिकरण गम्भीर बन्नुपर्दछ र आम नागरिकहरुको समस्या समाधान गर्नु पर्दछ ।

Leave a Reply