सिमरा,नेकपा एकिकृत समाजवादीका मदेश प्रदेश कमिटी सदस्य पूर्णचन्द्र तिमिल्सिना पुनः नेकपा एमालेमा फर्किनुभएको छ । काठमाण्डौको एभरेष्ट होटलमा आयोजित कार्यक्रमकामा जीतपुरसिमरा वडा नम्बर ४ का तिमिल्सिना एमालेमा फर्किनुभएको हो ।समाजवादी छाडेर एमाले फर्किनुभएका तिमिल्सिनासहितका कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । तिमिल्सिना एकिकृत समाजवादीको जिल्ला सचिवालय सदस्य, जीतपुरसिमरा नगर उपाध्यक्ष र वडा कमिटीको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
एमाले फुटेर माधव नेपालको नेतृत्वमा एकिकृत समाजवादी गठन भएपछि तिमिल्सिना समाजवादीतर्फ लाग्नुभएको थियो । स्थानीय तह निर्वाचनमा उहाँ समाजवादीबाट वडाध्यक्ष पदमा चुनाव लडनुभएको थियो ।पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवम् युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वाला साह, केन्द्रीय सदस्य एवम् बारा सहईन्चार्ज सरस्वती चौधरीलगायतको उपस्थिति रहेको थियो ।
















