सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका– १६ मा गएराति सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षिय पुरुष रहेका छन् । कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मंगलवार बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ ।
मृतकको सनाखत हुँन सकेको छैन । गएराती १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको र दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।



















