हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा बुधबार मात्र दश जना राखिएको छ । कोरोना भाइरस (कोभिड १९) को संका लागेका १० जनालाई आइसोलेसनमा राखिएको हो । बिशेषगरी विदेशबाट फर्किएका र उनीहरुको नजीक रहेकाहरुलाईं संकोको आधारमा आइसोलेसनमा राखिएको हो ।
उनीहरु दशै जनाको स्वाब परिक्षका लागि ल्यावमा पठाइएको आइसोलेसन इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । बुधबार आइशोलेसनमा राखिएकाहरु भिमफेदी गाउँपालिकाको २ जना, बागमतीका १ जना, प्युठान जिल्लाका १ जना र अरु सवै हेटौंडा उपमहानगरपालिका क्षेत्रको रहेको चौलागाईले वताउनुभयो ।