आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाका कृषकहरुले जडान गरेको कृषि मिटरको बिलको रकम नगरपालिकाले भुक्तानी गर्ने भएको छ ।नगर प्रमुख किशोरीप्रसाद कलवारले कृषकहरुको कृषि मिटरको बिलको रकम नगरपालिकाले व्यहोर्ने घोषणा गर्नुभएको हो । मंगलवार नगर कार्यपालिका बोर्ड सदस्यहरुको उपस्थितिमा कृषकहरुको कृषि मिटरको बिलको पहिलो किस्ता भुक्तानी बापतको २० लाख रुपैयाँ बराबरको चेक र कृषि मिटर सम्बन्धि कागजातहरु नगर प्रमुख कलवारले नेपाल बिधुत प्राधिकरण सिम्रौनगढ उपशाखा प्रमुख तैयब अन्सारीलाई हस्तान्तरण गर्नुभयो । साथै उहाँले २०८० साउनदेखि २०८१ असारसम्मको कृषि मिटर बिल रिडिङ्ग गर्न विद्युत प्राधिकरण सिम्रौनगढलाई अह्वान पनि गर्नुभएको थियो ।

सो अवसरमा उपमेयर नजमु शेहर, प्रमुख प्रशासकीय अधिकृत जयनरायण प्रसाद यादव, कार्यपालिका सदस्यहरु आशिर्वाद ठाकुर, रामएकवाल प्रसाद यादव, बिवेक मेहता, रामदिनेश प्रसाद यादव, सुरेन्द्रप्रसाद जयसवाल, जवाहर साह कानु, मीना देबी, अवधेश सहनी, दिनदयाल प्रसाद मुखिया, अरबिन्द मुखिया, नन्दकिशोर प्रसाद जयसवाल, एजुलश अन्सारी, राजकुमार यादव, शिवमङ्गल कुशवाहा लगायतको उपस्थिति थियो ।

Leave a Reply