राजन कुमार बानिया
पोखरिया – काेराेना परिक्षणकाे लागि पर्साको धोबिनी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा रहेकाकाे बुधबार आर,डि,टी परिक्षण गरिएकाे छ । धोबिनी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालय लंगडीमा रहेको क्वारेन्टाइनमा रहेका १३ जना मध्ये बुधबार चार जनाकाे काेभिड १९ (काेराेना भाइरस) संक्रमण परिक्षणकाे लागि बल्ड संकलन गरि आर.डि.टी .कीटबाट परिक्षण गरिएकाे हो ।
क्वारेन्टाइनमा रहेको मध्ये चार जनालाई रेबिट डाईगनस्टिक टेस्ट गरिएको गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले जनाएका छन् । नारायणी अस्पताल वीरगंजका लैबका टोलीले कोरोना सम्बन्धि चेकचाँजकाे लागि बल्ड संकलन गरि आर,डि,टी कीटको माध्यमबाट परिक्षण गरिएको अध्यक्ष कुर्मीले जानकारी गराउनु भयाे । नारायणी अस्पतालकाे टाेली काेराेना परिक्षणकाे लागि रक्त सकंलन गरि कीटको माध्यमबाट रेबिट डाईगन्सटिक टेस्ट परिक्षण गरिएको बताउनु भयाे ।
परिक्षण क्रममा नारायणी अस्पताल बिरगंजका लैब असिस्टेन्ट राजेन्द्र प्रसाद चौरसिया, बिजय सा, वडा अधयक्ष मजिद मियाँ , स्वास्थ्य संयोजक संजय यादव, सशस्त्र प्रहरी निरिक्षक निरंजन कुमार, ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक वसन्त थापा लगायतको सहभागिता रहेको थियोे । नारायणी अस्पताल बिरगंजको टोलीले छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा रहेको क्वारेन्टाइनमा समेत आर,डि,टी परिक्षण गरिएको थियोे ।