हेटौंडा –  प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडाको पक्षमा प्रदेशसभामा दुईतिहाइ वहुमत रहेको प्रदेशसभामा नेकपा संसदीय दलको वैठकले निर्णय गरिसक्दा पनि सांसदहरु आफ्नै जिल्लाका पक्षमा दिउसोभरी भाषण गरे । प्रदेश सभामा दिउसो ३ वजेबाट सुरु भएको वैठकमा प्रदेश राजधानी आफ्नै जिल्लामा चाहिन्छ भन्दै भाषण गरेका छन् । धेरै सांसदले हेटौंडा राजधानी उपयुक्त छ भने पनि आफ्ना जिल्लाका नागरिकलाई सुनाउनका लागि पनि राजधानी आफ्नै जिल्लामा उपयुक्त रहेको वताएका छन् ।

 

 

 

 

 

 

 

प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य कुमारी मोक्तानले राजधानी जहाँ रहेता पनि जनताको सेवा सर्वशुलभ, बिना कठिनाई र छिटोछरितो बनाउनु पर्ने बताउनुभयो । उहाँले राजधानी हेटौंडाबाट सारेर प्रदेश सरकारलाई भार थप्न नहुने बताउनुभयो । राजधानी आउन जनतालाई कठिनाई भए सरकारले सडक सञ्जाल गुणस्तरीय बनाउनु पर्ने बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै मकवानपुरकी सांसद जुनेली श्रेष्ठले हेटौंडालाई राजधानी तोक्न सत्तापक्ष र विपक्ष सबै एकमत हुनुपर्ने बताउनुभयो । देश ३ प्रदेशसभा बैठकमा बोल्दै नुवाकोटबाट निर्वा्चित नेपाली कांग्रेसकी सांसद कमला नेपालले प्रदेशको राजधानी नुवाकोट बनाउनु पर्ने बताउनुभयो । नुवाकोट सडक, सञ्जाल, प्रस्तावित सुरुङमार्ग, विद्युतलगायतका दृष्टिकोणले राजधानी उपयुक्त भएको बताउनुभयो । नुवाकोटको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नुभयो । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै भक्तपुरबाट निर्वा्चित नेपाली कांग्रेसकी सांसद रजनी अमात्यले सबै जिल्लाको लागि भक्तपुर राजधानी उपयुक्त हुने बताउनुभयो ।

 

 

 

 

 

 

 

भक्तपुरलाई राजधानी राख्नको निम्ति सरकारको तर्फबाट स्थलगत परिक्षणले उपयुक्त ठानेको बताइन् । संघीयताको मुलमर्म अनुसार भक्तपुरलाई राजधानी बनाउनु पर्ने उनको भनाई थियो । जनताको भलो, सुख, शान्तिलाई हेर्नुपर्ने भन्दै १३ वटै जिल्लालाई भक्तपुर राजधानी उपयुक्त हुने उनले धारणा राखिन् । उनले भक्तपुरको पक्षमा मत दिन सबै सांसदलाई आग्रह गरिन् ।

 

 

 

 

 

 

 

प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य भिमसेन खत्रीले प्रदेशका धेरै जनताको मत काभ्रेलाई राजधानी बनाउने पक्षमा रहेको बताएका छन् । उनले ७० प्रतिशत भन्दा पनि बढी जनमत काभ्रेको पक्षमा रहेको बताए । प्रदेशसभाले जनताको जनमत, इच्छाले राजधानी जहाँ चाहन्छ त्यही बनाउनु पर्ने धारणा राखे । मकवानपुर पनि महत्वपूर्ण जिल्ला भएको भन्दै सिंहदरबारको सेवा घरघरमा भन्दै चुनावमा बताएपनि त्यो बिर्सिनु नहुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here