निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ स्थित धन्सार खोलाले बगाएर शनिबार एक जना महिलाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ फापरबारी घर भएकी सिताराम विककी ४५ वर्षिय श्रीमति कमला परियारको धन्सार खोलाको बाढीले बगाउदा मृत्यु भएको हो । कमलाको शव आइतबार बिहान धन्सार खोला बगरमा फेला परेको थियो ।

हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ सुकुम्बासी टोलमा बस्दै आएकी कमलालाई फापरबारीस्थित घर जाने क्रममा रजुवाबाट धन्सार खोलाको बाढीले बगाएको र आइतबार बिहान १० बजे तिर शब फेला परेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर चौधरीले बताउनुभयो । घाँस दाउरा गर्न जाने सिगौलका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला अस्पताल कलैयामा पोष्टमार्टमपछि शब आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply