काठमाडौँ । बलिवुड अभिनेता अक्षय कुमारले भर्खरै बलिउड फिल्महरूको बक्स अफिसमा खराब प्रदर्शनको बारेमा टिप्पणी गरेका छन् ।
अक्षयले आफ्नो आगामी फिल्म ‘कटपुतली’ को ट्रेलर सार्वजनिक कार्यक्रममा दर्शकले फिल्ममा के चाहन्छन् भन्ने कुरा बुझ्नुपर्ने बताएका छन् । साथमा उनले हाम्रा फिल्मको असफलतामा अरु कसैलाई दोष दिन नसक्ने बताए ।
‘कटपुतली’ को ट्रेलर रिलिजको क्रममा अक्षयलाई बलिउड फिल्मको खराब प्रदर्शनको बारेमा प्रश्न गरिएको थियो । यसमा अक्षयले भने, ‘हाम्रो कमजोरीले फिल्म चल्दैन । मेरो गल्तीले फिल्म चलेन । मैले केही परिवर्तन गर्नुपर्छ । दर्शकले के चाहन्छन् भन्ने बुझ्नुपर्छ । म आफ्नो तर्फबाट परिवर्तन गर्न चाहन्छु । फिल्म फ्लप हुनुमा अरू कसैलाई दोष किन दिनु, तर यो कुराको लागि म आफैलाई दोष दिन्छु ।’
कटपुतली फिल्मको कथा प्रहरी र सिरियल किलरको छ । अक्षय कुमार र सम्पूर्ण प्रहरी टोली हत्याराको खोजीमा छन् । फिल्म सेप्टेम्बर २ बाट ओटीटी प्लेटफर्ममा रिलिज हुने छ ।
अक्षयको कटपुतली बाहेक धेरै फिल्म छन् । अक्षय अहिले ‘सुरै पोत्रु’ को सुटिङमा व्यस्त छन् । उनीसँग ज्याकलिन फर्नान्डिज र नुसरत भरुचासँग ‘राम सेतु’ पनि छ । अक्षयले यामी गौतम र पंकज त्रिपाठीसँग ‘ओह माई गॉड २’ को सुटिङ पनि गरेका छन् ।


















