सिमरा,ग्यास वान नेपालले बारामा एकै पटक ४ सय ८ वटा अयोग्य सिलिन्डर नष्ट गरेको छ ।
ग्यास वान नेपालले उद्योगले उत्पादन गरेको बजारमा रहेको पुरानो अयोग्य ४ सय ८ वटा सिलिन्डर नष्ट गरेको हो ।
नेपालको कानुन अनुसार पुरानो अयोग्य सिलिन्डर मंगलवार एक कार्यक्रमकाबीच नेपाल आयल निगम, उपभोक्ता अधिकारकर्मी, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका प्रतिनिधिहरुको रोबहरमा नष्ट गरेको हो ।

बाराको जीतपुरसिमरा वडा नं १६ पिलुवामा रहेको सो नेपाल र जापानीको संयुक्त लगानी रहेको ग्यास वान नेपाल कम्पनीले म्याद लाघेको र गुणस्तरहिन सिलिन्डरहरु नष्ट गरेको हो ।कम्पनीका प्रबन्धक समेत रहेका सरोजराज ढकालका अनुसार ‘पुराना मापदण्डमा नपरेका सिडिन्डरहरु कम्पनीले केहि समय अघिदेखि सुरक्षित राखी सम्बन्धित निकायको प्रतिनिधिहरुको रोहबरामा नष्ट गरेको बताउनुभयो ।कार्यक्रममा ग्यास वान नेपाल प्रालिका प्रबन्धक निर्देशक हिडेकी फुकुई, वडा नम्बर १६ वडा समितिका सदस्य हेमबहादुर बुर्जा मगर, ४० नम्बर गणका प्रतिनिधि कृष्ण पौडेल, नेपाल आयल निगमका प्रतिनिधि सन्जय साह, गुणस्तर तथा नापतौल कार्यलयका प्रतिनिधि सुशान्त चौधरी, वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षणका प्रतिनिधि दिलिप खड्ग खत्री लगायत स्थानीय र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply