वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढीको हार्डवेयर सामान तथा खुद्रा समानहरू बोकेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।अबैध रुपमा सामान बोकेर वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बुधवार राती वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट ना. ६ ख ७९७६ नम्बरको मालवाहक ट्रक चेकजाँचको क्रममा बिल बिजकभन्दा बढी सामान लोड गरेको अवस्थामा फेला पारिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।ट्रक धनीले लिएको बिल बिजक पनि संकास्पद देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीेले बताउनुभयो । नियन्त्रणमा लिएको ट्रक र सामान सहित ५५ लाख ११ हजार ३३८ बराबरको मूल्यांकन गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी जनाएको छ ।


















