सिकिन्द्र साह

सिम्रौनगढ,आम जनता पार्टी (आजपा)का राष्ट्रिय अध्यक्ष प्रभु साहले देशमा बढ़दो लुट र भ्रष्टाचार विरुद्ध आमसंघर्ष गर्ने बताउनुभएको छ ।शनिबार रौतहटको गरुडा र गढीमाई नगरपालिकामा आजपा पार्टीले आयोजना गरको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भनें देशमा बढ़दो लुट र भ्रष्टाचार विरुद्ध आमसंघर्ष गर्नु पर्ने बताउनुभएको हो ।उहाँले भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेको बताउनुभयो ।देशमा भ्रष्टाचार लुट रोकथामका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रका निकाय एवं पदाधिकारीका साथै सबै नागरिकको निरन्तर सहयोग जरुरत पर्ने उहाँको भनाई छ ।‘मुलुकको सर्वाङ्गीण विकासका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको छवि प्रवद्र्धधन गर्न उपयुक्त सबै क्षेत्रबाट निरन्तर साथ, समर्थन, समन्वय र सहयोग प्राप्त गर्न जरुरी छ,’ अध्यक्ष साहले भन्नुभएको छ, ‘त्यसो हुन सकेमा मात्र भ्रष्टाचारसँग सम्बन्धित विभिन्न सूचक एवं परिसूचकमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ ।’उक्त कार्यक्रममा कार्यक्रममा आम जनता पार्टीको रौतहट जिल्ला इन्चार्ज अमर साह, जिल्ला अध्यक्ष एवं पूर्व मेयर धर्मेन्द्र पटेल लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here