वीरगञ्ज,भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा ११ वटा मातृभाषाका पत्रपत्रिकाहरूलाई विशेष सम्मान प्रदान गरेको छ।देशभरिका विभिन्न भाषामा प्रकाशित पत्रपत्रिकाहरूले भाषा, संस्कार, र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका सम्पादक तथा प्रकाशकहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुने पत्रपत्रिकामा भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रवणप्रसाद साह, नेपाली भाषाको रचना पत्रिकाका सम्पादक रोचक घिमिरे, चाम्लिङ भाषामा प्रकाशित सितिमी पत्रिकाका सम्पादक तिलकबहादुर राई, र थारू भाषामा प्रकाशित लावा डग्गर पत्रिकाका प्रतिनिधि भूमिका थारू रहेका छन्।समारोहमा सम्मानपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भाषा आयोगको कार्यक्षेत्रलाई थप विस्तार गरी भाषा अन्वेषण र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा आयोगले मातृभाषा संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको छ। वार्षिक प्रतिवेदनमा १३१ वटा भाषाहरू सूचीकृत भएका छन्, जसले देशमा भाषा अन्वेषण र अनुसन्धानको ठूलो सम्भावना देखाउँछ।”

मन्त्री पाण्डेले मातृभाषा संरक्षणमा पत्रपत्रिकाहरूको भूमिकाको प्रशंसा गर्दै, मन्त्रालयले यस क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply