सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका– ९ मा आइतवार दिउँसो स्कोर्पियोको ठक्करबाट एकजना भारतीय युवकको मृत्यु भएको छ ।

पथलैया– वीरगन्ज सडकखण्डमा रहेको महागढीमाई पेट्रोल पम्प नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कोर्पियोले साइकलमा सवार भारत घर भई हाल पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– ३२ परसवा बस्दै आएका ४२ वर्षीया कनहाई साह तेलीको ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार दुर्घटनालगत्तै स्कोर्पियो चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २४ रामगढवा घर भएका २४ वर्षीय सञ्जय बैठालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।

 

Leave a Reply