बसन्त लामा

सिगौंल,सवडिभिजन वन कार्यालय धन्सारका वन कर्मचारीहरुले निजगढको सिगौंलका बासिन्दाहरुलाई रौतहटको वन क्षेत्रमा घाँस, दाउरा गर्न र चरिचरणमा रोक लगाएका छन ।

वन कर्मचारीहरुले वन प्रवेश गर्ने सडकमा बसेर घाँस, दाउरा गर्न र चरिचरणमा जाने सर्वसाधारणलाई रोक लगाएका हुन । डिभिजन वन कार्यालय रौतहतका वन अधिकृत (डिएफओ) सुनिलकुमार कर्णको निर्देशनमा कर्मचारीहरुले सिगौंलका सर्वसाधारणलाई थुन्ने धम्की दिन थालेको गरेको स्थानीयले बताएका छन ।

रौतहटको सीमा क्षेत्रमा पर्ने निजगढको सिगौंलका उपभोक्ताले वर्षैअघि देखि धन्सार पारी रौतहटको वन क्षेत्रबाट घाँस, दाउरा गर्दै आएका छन । डिएफओ कर्ण केही दिनअघि मात्रै जिल्ला वन कार्यालय रौतहटमा सरुवा भइ आएका हुन । डिएफओ फेरिएपछि स्थानीय उपभोक्ताहरुलाई अनावश्यक रुपमा दुख दिने गरेको स्थानीय लालबहादुर तामाङ्गले बताउनुभयो । उहाँका अनुसार सर्वसाधारणलाई घाँस दाउरा गर्न रोक लगाउने तर तस्कहरुसंको मिलिमतोमा कर्मचारीहरुले नै वन फडानी गर्ने गरेको पनि स्थानीयको आरोप छ ।

सो क्षेत्रको अरुणबस्ती आसपासको वन क्षेत्रमा वन कर्मचारी र काठ तस्करहरुको मिलिमतोमा वन फडानी गरेर घर टहरा निर्माण गर्ने र सालको गोलिया तस्करी भइरहदा पनि नियन्त्रण गर्नेतर्फ डिएफओ कर्णले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here