निजगढ,लायन्स क्लब अफ निजगढ युथले शनिवार निजगढ नगरपालिका वडा नम्बर २ स्थित लेकप्रिय आधारभूत विद्यालयमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

लायन्स क्लबको आयोजनामा हुन लागेको निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, मुटु रोग, थाइरोइड, मधुमेह लगाएतका सेवा उपलब्ध गराइने लायन्स क्लब अफ निजगढ युथका प्रेसिडेन्टमा जनक श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा एमबीबीएस, एम.डी एनडोक्रानोलोजी डा. राजिव यादव लगायतको चिकित्सकीय टोलीले सेवा दिने शिविर संयोजक प्रकाश रौनियारले जानकारी दिनुभयो । लायन्स क्लब अफ निजगढ युथका पूर्वप्रेसिडेन्ट ईराज कोइरालाका अनुसार स्वास्थ्य शिविरमा आएका सेवाग्राहीको चिकित्सकको सल्लाह अनुसार सुगरको निःशुल्क जाँच तथा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने तयारी छ । बिहान ९ बजेदेखि शुरु हुने शिविर दिनको २ बजेसम्म सञ्चालन हुनेछ । शिविरबाट निजगढ नगरपालिका सिंगौलमा रहेको वडा नम्बर १, २ र ३ का सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply