राजन कुमार बानिया

पोखरिया,पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ६ लखनपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७८ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

वडा नम्बर ६ का ३.२ जिपिए अङ्क ल्याएका खुसराज यादव सहित २६ जना विद्यार्थीहरुलाई मङगलबार एक कार्यक्रम गरि सम्मानित गरिएको हो । कार्यक्रममा उनीहरुलाई पुरस्कार स्वरूप डायरी र कलम पनि प्रदान गरिएको थियो ।

शिक्षा क्षेत्रमा लखनपुर कमजोर रहेको कारण बिद्यार्थीहरु बिचैमा कक्षा छोडेर बिना सीप रोजगार तथा बिदेश तिर लाग्ने र उच्च शिक्षामा ध्यानाकर्षण नहुने भएकोले पहिलो पटक विद्यार्थीहरुलाई सम्मानित गरिएको जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साहले बताउनुभयो ।

श्री जनजागरण युवा क्लबको आर्थिक सहयोगमा सखुवा प्रसौनी गाउँपालिका वडा नंबर ६ का वडा अध्यक्ष मुन्ना राउत कम्करको अध्यक्षता एवं गाउँपालिककी उपाध्यक्ष शर्मिला बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि अनुषनधान निर्देशनालय मधेस प्रदेशका निर्देशक डा. विषेश्वर यादव, गाउँपालिकाका पूर्वअध्यक्ष प्रदिप जैसवाल, जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साह, विद्यालयका प्रधानाध्यापक. भरत गिरी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here