कलैया,नेपाल कम्युनिष्ट पार्टी बिप्लवसहित ४ कम्युनिष्ट पार्टीहरुले मंगलवारको लागि आह्वान गरेको नेपाल बन्दको बारा जिल्लालगायत देशभरि आंशिक प्रभाव परेको छ । बन्द आह्वानका कारण बारास्थित पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथमा आंशिकरुपमा मात्रै सवारी र ढुवानीका साधन चलेका थिए । निजगढ, सिमरा, कलैया लगायतजिल्लाका मुख्य शहरमा फाट्टफुट्टमात्रै सवारी साधन चलेका थिए ।

सुरक्षा सर्तकतालाई ख्याल गरेर राजमार्गको जंगल क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षाकर्मीहरु परिचालन गरेको थियो । तर जिल्लाका अधिकांश स्थानमा विद्यालयहरु भने सूचारु रहेका थिए ।

सिमराका केही निजी विद्यालयहरुमा बन्द आह्वानका कारण पठनपाठन रोकिएको थियो । नेपाल सरकार र नेकपाबीच ०७७ सालफागुन २१ गते भएको ३ बुँदे सहमति विपरीत सरकारले झुटा मुद्दामा आफ्ना नेता र कार्यकर्तालाई पक्राउ गर्ने, राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप, मूल्य वृद्धि, कालाबजारी, भ्रष्टाचार र कमिशनखोर विरुद्ध विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले नेपाल बन्दको आह्वान गरेका थिए ।

यसैबीच बनेपामा बसमाथि ढुङ्गा प्रहार गर्नेे बन्दकर्तालाई चालक दल र स्थानीयले कुटपिट गरेका छन । मंगलवार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुङ्गा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै जम्मा भएका स्थानीय बासिन्दाले घेरेर उनीहरुलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो । एसपी जोशीकाअनुसार थप अनुसन्धानका लागि अहिले दोषिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीसहित काभ्रेमा बन्द गराउँदै हिँड्ने आठ जना पक्राउ परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।

Leave a Reply