राजन कुमार बानिया
पोखरिया,सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिखमपुरले अवैध रूपले उत्पादन गरिएको १ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट पारेको छ ।
सशस्त्र प्रहरी आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटेको टोलीले जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मोरटोलबाट मोटरसाइकलमा लोड गरिएको अवस्थामा १ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।घरेलु मदिराका कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमा नकारात्मक असर पार्ने प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि मदिरा लोड भएको मोटरसाइकलसहित छोडेर चालक भागेको प्रहरीले जनाएको छ ।