निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीले मन्त्रालयको सरुवा निर्णय उल्टाएर फेरि निजगढ आउने प्रयासमा लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई कार्यालयमा हाजिर गराउन नसकिने बताउनुभएको छ ।

अधिकृत कार्कीलाई हाजिर गराउनु पर्ने माग राखेर ज्ञापनपत्र बुझाउन पुगेका नेपाली कांग्रेश पार्टीको तर्फबाट नगर कार्यपालिकमा निर्वाचित कार्यपालिका सदस्यहरुसंग कुरा गर्दै नगर प्रमुख पुरीले मंगलवार सो कुरा बताउनुभएको हो ।‘कार्यालयको काममा जनप्रतिनिधिहरुलाई असहयोग गर्दै आउनुभएको थियो, उहाँले भन्नुभयो, जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई राखेर जनताको अपेक्षाअनुसार नगरमा विकास निर्माणको काम गर्न सकिदैन ।’ । कार्यपालिका सदस्यहरुको जिज्ञासामा प्रमुख पुरीले प्रशासनिक नेतृत्व गर्ने प्रम्ुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिहरुलाई नीति निर्माणमा सहयोग गरी सोको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाहा गनुर््पर्ने अवस्थामा उल्टै असहयोगी भुमिका निर्वाहा नगरेको बताउनुभयो ।नगरपालिकामा विगत २ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कार्कीले नीति, कार्यक्रम एवं बजेट निर्माणमा उदासिनता देखाउने, कर्मचारीहरुमा ध्रुवीकरण गराउने, डर त्रास देखाउने एवं नगर प्रमुखलाई नगरपालिका एवं नगरबासीको हितमा गरिने विभिन्न कार्यहरु समेतमा सहयोग नगरेको बताउनुभयो । उहाँले कार्कीको ठाउँमा मन्त्रालयले पठाएका अर्का प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई हाजिर गराइसकेको भन्दै कसैको व्यक्तिगत इच्छा र आंकाक्षा पुरा गर्न जो कोहीलाई कार्यालयमा हाजिर गराएर कामकाजमा लगाउन नसकिने कुरामा जोड दिनुभएको छ ।निजामति सेवा नियमावली बमोजिम निजामती कर्मचारीको २÷२ वर्षमा नियमित सरुवा हुने कानुनी प्रावधान अनुसार निजगढको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आउनु भएका कार्कीको सरुवा भइसकेको र कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत श्री हरिलाल पुरी हाजिर गरी कामकाज समेत शुरु गरी सकेको सन्दर्भमा राजनितिक दबाब एवं केही व्यक्तिहरुको निहित स्वार्थका कारण निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न दिन नसकिने व्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाण्डौलाई पठाइसकिएको पनि जानकारी दिनुभयो ।कार्यपालिका सदस्यहरुले बुझाएको ज्ञापनपत्रमा प्रशासकीय अधिकृतको अभावमा कार्यालयको दैनिक काम प्रभावित बनेको र सेवाग्राही मार्कामा परेको उल्लेख छ । निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानको नेतृत्वमा कार्यपालिका सदस्यहरुको टोलीले नगर प्रमुख पुरीको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो । त्यसैगरी उहाँले नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७९।०४।११ गतेको निर्णयानुसार प्रमुख प्रशासकीय अधिकृत कार्कीको नियमित सरुवा प्रक्रिया बमोजिम सरुवा भइ संघीय मामिला तथा प्रशासन मन्त्रालयको प.सं. २०७९।०८०, च.नं. १८७, मिति २०७९।०४।११ गतेको पत्रानुसार निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी उपसचिव श्री हरिलाल पुरीलाई खटाए बमोजिम मिति २०७९।०४।१३ गते हाजिर भई सोको जानकारी समेत मन्त्रालयलाई गराइएको जानकारी दिनुभएको छ ।‘निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्कीलाई थमौति गराउँदा नगरपालिकाको बजेट निर्माण सोको कार्यान्वनमा जटिलता एवं प्रशासनिक कार्यहरु समेत सरल एवं सहज ढंगले सम्पादन नहुने भएकोले कार्कीलाई निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गराई कामकाजमा लगाउन नसकिएको व्यहोरा सम्पूर्ण आदरणीय नगरबासीहरुमा अवगत गराउन चाहान्छु ।’ नगर प्रमुख पुरीले भन्नुभएको छ ।

 

एक साताअघि बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएका कार्की गत आइतवार मन्त्रालयको सचिवस्तरीय निर्णय उल्टाएर फेरि निजगढमा नै थमौति हुनुभएको छ ।

 

यसअघि पनि ४ पटकसम्म मन्त्रालयको सरुवा निणर्य उल्टाएर निजगढमा बस्दै आउनुभएका प्रमुख प्रशासकीय कार्कीको निजगढ मोहलाई लिएर स्थानीयले प्रश्न गर्न थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here