नरेश गुप्ता
बरियारपुर,श्रीजय गढीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रवार एक कार्यक्रमकाबीच महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले उद्धघाटन गर्नुभएको छ ।
महागढीमाई नपा वडा नम्बर १ स्थित गढीमाई मन्दिर नजिक कार्यालय राखेर संचालनमा आएको सो सहकारी संस्थाको उद्धघाटन गर्दै नगर प्रमुख यादबले सानो पूजी नै ठूलो लगानीको पूर्वाधार रहेको बताउनुभयो ।
देशका आर्थिक तथा समाजिक विकासमा सहकारी संस्थाहरुको भुमिका ठूलो रहेको उहाँले बताउनुभयो । सहकारी संस्थाले सहकारीको निति र सिद्धान्तमा आधारित भएर अगाडि बढनु पर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारी संस्थाका अध्यक्ष जयप्रकाश दुबेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सुदामा साह कानु, संस्थाका प्रतिनिधि लालजी जैसवाल, कृष्ण साह, संजय साहलगायतको सहभागिता रहेको थियो । उद्धघाटन कार्यक्रममा सहकारी संस्थाका सचिव मुरलोमनोहर साहले स्वागत मन्तव्य र संचालन सुनिल कुशवाहाले गर्नुभएको थियो ।