बसन्त लामा

सिगौंल,स्थानीय सरकारले संरक्षणमा चासो नदेखाउदा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ को थाकलचौरस्थित नागदह झरना कुरुप बन्दै गइरहेको छ । पर्यटकीय क्षेत्रको सम्भावना बोकेको सो झरनामा नुहाउन र दृश्यावलोकन गर्न आउनेहरुले फ्याकेको फोहोरजन्य पदार्थको व्यवस्थापन नहुँदा पोखरी आसपासको क्षेत्र कुरुप बन्दै गएको हो ।

गर्मी बढेसंगै केही दिनयता यता झरनामा नुहाउन आउनेको संख्या ह्वात्तै बढेको छ । पर्यटक बढेसंगै उक्त क्षेत्रमा फोहोर पनि वृद्धि भएको हो । सो झरनाको दृश्यावलोकन गर्न बारा, पर्सा र रौतहटका विभिन्न पालिकाबाट दैनिक १ सयदेखि डेढ सयजना आन्तरिक पर्यटकहरु आउने गरेकाछन ।

झरनामा शनिवारको दिन निजगढलगायत बाराको सिमरा, कलैया र छिमेकी जिल्ला रौतहटको कटहरिया तथा वीरगन्जबाट समेत ठुलो संख्यामा सर्वसाधारण भीड लाग्ने गरेको छ । नागदह झरनाको संरक्षण गरेर प्रचार प्रशार गर्न सके दैनिक थप सयौं पर्यटकहरुलाई आकर्षित गर्न सकिने र रोजगारीमा समेत वृद्धि हुने स्थानीय रामलाल थोकरको भनाइ छ ।

Leave a Reply