अघिल्लो हप्ताबाट वीरगञ्जमा चर्किएको हिन्दु मुस्लिमबीचको तनाब अझै साम्य भएको छैन । हनुमान जयन्तीका दिनमा वीरगञ्जमा निकालिएको र्यालीपछि दुई समुदायकाबीचमा तनाव देखिएको छ ।वास्तवमा धर्म भनेको आस्था हो र विश्वास पनि हो । नेपालमा एकै धर्म र एउटै जातको बसोवास पनि छैन । राज्यले देशलाई धर्म निरपेक्ष्य पनि भनेको छ । यो भनेको धर्मको नाउँमा देशमा कसैले कसैमाथि विभेद गर्न पाउदैन तर सबैले आफ्नो धार्मिक गतिविधिहरु गर्न पाउने छन् । पर्सा जिल्ला अनि वीरगञ्ज पनि एकै समुदाय वा धर्मका व्यक्ति बसोवास गर्ने स्थान होइन ।

त्यसैले पनि सद्भावको मत्व धेरै छ ।धर्मको नाउँमा धार्मिक ग्रन्धहरुले कतैपनि विभेद गरेका छैनन् । न त कुरानमा कसैको विभेद छ न त गीतामा नै । मानिस अलि बढी जान्ने भएर धर्मको नाउँमा विभेद गरेको देखिन्छ । वीरगञ्जमा वषौंदेखि हिन्दु मुसलवानहरु मिलेर बसेका छन् । चाहे दशैैंमा होस् चाहे दीपावलीमा होस् वा इदमा नै किन नहोस् हिन्दु मुस्लिम मिलेर बसेको देखिन्छ । केही तत्वको वा स्वार्थ गिरोहले धर्मको नाउँमा हिंसा भड्काउन खोजे पनि वीरगञ्जमा यो संभव त छैन ।

तैपनि यस्तो बेलामा धमिलो पानीमा माछा मार्ने दुष्प्रयास हुन सक्नेछन् । यस्तोमा सबै सचेत हुनुपर्दछ । मानवताभन्दा ठूलो धर्म केही छैन भन्ने कुरा सबैले बुुझ्न जरुरी छ ।धर्ममा हिंसा कल्पना गर्ने कुरै होइन । धर्म भनेको त मानवताको लागि हो । एकआपसमा भैरभाव त्याग गर्नु नै हो । त्यसैले अल्लाह वा शिव, हनुमान कसैले नभनेको कुरामा लागेर धर्मको नाउमा विभेद नहोस्, सद्भाव कायम होस् । सबैमा मानवताको भावना पलाओस ।

Leave a Reply