पुष्पराज खतिवडा

मनहर्वा,तराईका किसानले सिजनमा युरिया मल नपाएको भन्दै बारामा सरकारको चर्को आलोचना भएको छ ।

जिल्लाको सदुरकाम कलैयामा बुधबार किसानहरुले सरकारको आलोचना गर्दै तत्काल युरिया मल उपलब्ध गराउन सरकारसँग माग गरेका थिए । आईटी आर्मीको किसान मोर्चाको अगुवाईमा निस्किएको किसानहरुको र्यालीले विभिन्न नारासहित कलैया बजार परिक्रमा गरेको थियो ।

किसानहरुले जिल्ला प्रशासन कार्यालय बाराको मुल गेटमा कोणसभा पनि गरेका थिए । किसान मोर्चाको कार्यक्रमलाई युवा नेता उमेश कुश्वाहले सम्बोधन गर्दै वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको बताउनुभयो । चाहिने बेला मल दिन नसकेको सरकारले भारतबाट किसानलाई आफैं ल्याउन दिनु पर्ने माग गर्नुभयो । कुश्वाहको अगुवाइमा किसानलाई तत्काल युरिया मल देऊ, पेन्सनको ब्यवस्था गर, कृषिमा प्रयोग हुने टेक्टरमा कर हटाउ जस्ता आधा दर्जन माग समेटेर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । जिल्लाका विभिन्न पालिकाबाट आएका किसान अगुवासहित एक सयजना भन्दा बढी किसानहरु ब्यानर तथा प्लेकार्ड सहित कार्यक्रममा सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here