सिमरा,आइतवारदेखि बाराको सिमरा विमानस्थल अपरान्ह ४ बजेसम्म सञ्चालन हुने भएको छ ।

विमानस्थलको मर्मत सम्भारका लागि जेठ २४ गतेदेखि बिहान ११ बजेसम्म मात्रै उडान भइरहेको सिमरा विमानस्थलमा आइतवार श्रावण १ गतेदेखि अपरान्ह ४ बजेसम्म उडान हुने भएको हो ।

यसअघि अषाढ १३ गतेसम्म मर्मतसम्भारको काम सकिने भनिए पनि वर्षा तथा अन्य प्राविधिक कारण समयमै काम नसकिदा श्रावण १२ गतेसम्म म्याद थपिएको सिमरा विमानस्थलका सूचना अधिकारी सुरेन्द्र कुशवाहाले जानकारी दिनुभयो ।

हाल बिहान ११ बजेसम्म सञ्चालित हुँदा दैनिक ५ देखि ६ वडा उडान हुने गरेको कुशवाहाको भनाइ छ । दैनिक४ बजेसम्म सञ्चालन भएपछि कम्तिमा ८ देखि १० वटासम्म उडान हुने अनुमान गरिएको विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिनुभयो ।

Leave a Reply