सरकारले संसदमा विचाराधिन अवस्थामा रहेको नागरिता सम्बन्धी एउटा विधयक फिर्ता गरेको छ भने अर्को विधयक पेश गर्ने तयारी गरिरहेको छ । सरकारले संसदमा पेस गरेको नागरिकता सम्बन्धी यो विधयक नेपालको सवालमा निकै पेचिलो बनेको छ ।

मधेसवादी दलहरुले त यसलाई गतिलो राजनीतिक एजेण्डा पनि बनाएका छन् । हुनत यो समस्या मधेसमा मात्रै छैन तर देशका अन्य भागको तुलनामा मधेसमा भने यो समस्या विकराल छ । मधेसमा खासगरी विवाह गरेर आउने भारतीय चेलीहरु बढी हुने भएकाले पनि यो विषय बढी पेचिलो बनेको हो ।

आफ्नै देशमा अथवा भारतमा जन्मिएका चेलीहरुले आफ्नो देशको नागरिकता सम्बन्धी व्यवस्थालाई राम्रोसंग बुझेका छन् । त्यसैले उनीहरुले नेपाल विवाह गरेर आउने बित्तिकै बंशजको नागरिकताको माग गरेका हुदैनन् तर अन्य केही व्यक्तिहरुले भने यसलाई राजनीतिक मुद्दा बनाएका कारण पनि यो समस्या बढी देखिएको छ । मधेशमा केही नया व्यक्तिले दोहोरो नागरिकता पनि लिएका छन् यो पनि सत्य हो ।

त्यसो त बुवाको ठेगान नभएका केही बालबच्चा र पतिको ठेगान नभएका केही महिलाहरु भने समस्यामा परेका छन् । यो चैं सत्य कुरा हो । त्यसैले अब पेस गरिने नागरिकता सम्बन्धीको विधयकमा यस्ता कुराहरुमा ध्यान दिन आवइयक छ । आफ्नो स्वार्थका लागि र भोटका लागि नीति बनाएको खण्डमा भने देशका धेरै गैह्नागरिकहरुले नागरिता पाउने निश्चित छ ।

 

 

Leave a Reply