नेपालको अर्थतन्त्र बिग्रिएको धेरै समय भयो । बैंकमा समेत पैसा नहुँदा नागरिकहरुको दैनिकमा समेत असर गरेको छ ।सरकारी ढुकुटी रित्तिने संभावना पनि रहेको छ । राजश्व संकलनको दर अझै संतोषजनक छैन । राजश्व उठाउनका लागि सरकारी संयन्त्रहरु अहिले सफल भइरहेका छैनन् । बैंकमा पैसा नहुदा लगानीको बातावरण बनेको छैन । लगानी बातावरण नहुदा उधोग ब्यवसाय पनि समस्यामा परेको छ र लगानीको बातावरण पनि खस्किएको छ ।यसले रोजगारीमा समेत असर गरेको छ । कोरोना माहारमारीका कारण धरासायी बनेको नेपालको अर्थतन्त्रमा सुधार ल्याउनका लागि अति आवश्यक देखिन्छ । यहीबीचमा नेपालमा फेरि कम्यूनिष्ट नेतृत्वको सरकार बनेको छ । देशमा सशस्त्र संघर्ष गरेर सत्तामा पुगेका ब्यक्ति, अहिले फेरि प्रधानमन्त्री बनेका छन् । उनीहरुबाट अन्य अपेक्षा सहित अर्थतन्त्रको सुधारको आश गरिएको छ ।प्रचण्ड नेतृत्वको सरकारले बिग्रदो अर्थतन्त्रलाई लयमा ल्याउन सकेको खण्डमा यो सरकारको वाहवाही हुने छ । लगानीको बातावरण बनाउन नसकेको खण्डमा देश समृद्धिको बाटोमा जाने छैन अनि जति समृद्धिको कुरा गरेपनि त्यो भ्यागुताको धार्ने हुनेछ । वतर्मान सरकारले यतातर्फ पनि बेलैमा ध्यान दिन आवश्यक छ ।

 

Leave a Reply