काठमाण्डौं,श्रीलङ्काको राजधानी कोलम्बोमा भएको प्रदर्शनका क्रममा एक जनाको ज्यान गएको छ । यस्तै ८४ जना घाइते भएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा २६ वर्षका एक युवकको ज्यान गएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले बुधवार प्रधानमन्त्री कार्यालय कब्जा गरेका थिए ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेर भागेपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पाउनुभएको छ । राजीनामा दिनुको साटो जिम्मेवार हेरफेर गरिएको भन्दै प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालयबाट भगाउन प्रहरीले अश्रु ग्यास र रबरका गोली चलाएको थियो ।

प्रदर्शनकारीले सेनाको एउटा राइफल पनि खोसेर लगेका छन् । श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ भने ठाउँ(ठाउँमा कर्फ्यु लागेको छ । सहरमा सेना परिचालन गरिएको छ ।

यसैबीच भागेर माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुर पुग्नुभएको छ । आफ्नी पत्नी र सुरक्षा गार्डसहित राजापाक्षे साउदी एअरलाइन्सबाट सिङ्गापुर गएको बीबीसी हिन्दीले जनाएको छ ।

ाष्ट्रपति राजापाक्षे थप सुरक्षित स्थान खोज्दै सिङ्गापुर गएको खबरमा उल्लेख छ । गत मङ्गलवार माल्दिभ्स जानुभएका राष्ट्रपतिले हिजो १३ तारिखमा राजीनामा दिने बताए पनि राजीनामा नदिइकन प्रधानमन्त्री विक्रमासिङ्घेलाई नै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिनुभएको हो । प्रदर्शनकारीले राष्ट्रपति भवन पनि कब्जा गरेका छन् ।

आर्थिक रूपमा टाट पल्टिएको श्रीलङ्कामा औषधिसमेत उपलब्ध हुन छाडेको छ । इन्धन, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव छ । स्कुल(कलेज बन्द रहेका छन्, इन्धन अभावमा यातायात र कलकारखानासमेत ठप्प रहेका छन् ।

Leave a Reply