राजकुमार यादव

मौलापुर,रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ स्तित शंकरगुदर माध्यमिक विद्यालय समनपुरले बिहीवार गढीमाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेको छ ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिको स्वागत सहित बधाई ज्ञापन गरेको हो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु समक्ष विद्यालयका प्रधानध्यापक देवेन्द्र साहले विद्यालयमा विद्यमान समस्या अवगत गराउनुभएको थियो ।

प्रधानध्यापक साहका अनुसार विद्यालयमा विद्यर्थीको अनुपातमा कक्षाकोठा, फर्निचर, खानेपानी, शौचालय लगायतको अभाव रहेको छ ।

विद्यालयको खुल्ला चौर व्यवस्तित बनाउनु पर्ने, विद्यालयमा अधुरा संरचना लगायतलाई पुरा गर्नुपर्ने लगायत मुख्य समस्या रहेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले विद्यालयमा देखिएका समस्याहरु समाधन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गनुएभयो ।

कार्यक्रममा गढीमाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामपुकार यादव, वडा २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा ६ का वडा अध्यक्ष राम सिंहासन यादव, हरिशंकरलाल कर्ण, सोही विद्यालयका अवकाश प्राप्त शिक्षक महेन्द्र पंडित, शोभाकान्त झा र पूर्ववडा अध्यक्ष अवधकिशोर ठाकुर लगायतले विद्यालयको शैक्षिक अवस्थामा सुधार्नु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply