नरेश गुप्ता

बरियारपुर,प्रहरी चौकी बरियारपुर र गंजभवानीपुरका प्रहरीको मिलोमतोमा यस क्षेत्रमा भारतीय सामग्रीहरुको तस्करी मौलाएको पाइएको छ । भारतबाट खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामग्री, हार्डवेयर, मोटरसाइकल पार्टपुर्जा, भाडाबर्तन र चांदीको समेत तस्करी भइरहेको पाइएको छ ।

प्रहरी युनिटका ईन्चार्जहरुले तस्करहरुसंग मासिक नजरना लिएर भारतीय सामग्रीको अवैध कारोबार गराउने गरेको बताइएको छ । प्रहरी चौकी बरियारपुरका प्रहरी नायब निरीक्षक अरुण राउत र प्रहरी चौकी गंजभवानिपुरको मिलोमतोमा अबैध घरेलु मदिरा भट्टी पनि संचालन भाइरहेको छ । प्रहरीले उनीहरुबाट पनि मासिक मांसिक ५ हजार रुपैयासम्म लिने गरेको स्थानीयहरुले बताएका छन । प्रहरीले मोटरसाइकल, साईकल र अटोमा राखेर भारतीय समाग्री अवैध रुपमा नेपाल भित्र्याउने गरेका छन । यसरी दिनदहाडै ठूलो परिमाणमा मालसामान तस्करी हुदा पनि सरोकारवाला निकाय मौन बस्दै आएकोले प्रहरीको संलग्नता थप पुष्टि भएको छ । स्थानीयका अनुसार प्रहरीकै संरक्षणमा तस्करीको लाईन दिइएको बताइको छ । यस क्षेत्र हुदै भारतबाट अबैध रुपमा भन्सार छली गरि ल्याइएको मालसामान जिल्लाको बरियारपुर, गंजभवानीपुर आसपासका विभिन्न गाउँसहित बोेधबन, कोल्हबी, निजगढ र सदरमुकाम कलैया बजारसम्म पुग्ने गरेको छ ।

त्यसैगरी प्रहरी चौकी बरियारपुर र गंजभवानीपुरले स्थानीय व्यापारीहरुसंग जवरजस्ति रकम असुल्ने गरेको एकजना सुर्ती व्यापारीले नाम नछाप्ने सर्तमा बताए ।

Leave a Reply