श्री नेपाल राष्ट्रिय आधारभूत विधालय बलुवामा नेपाली काङ्ग्रेस पार्टीको झण्डा झुन्ड्याएको ।

कृपा संवाददाता
कलैया-  बाराको कोल्हवी नगरपालिकाको एक विधालयमा नेपाली काँग्रेस पार्टीको झन्डा फरफराई राखेको पाइएको छ । स्थानीय निर्वाचन आचारसंहितामा सार्वजनिक स्थानमा कुनै पनि पार्टीको झण्डा राख्न नपाइने उल्लेख छ । तर बाराको कोल्हबी नगरपालिका वडा नम्बर ५ मा रहेको श्रीी नेपाल राष्ट्रिय आधारभूत विधालय बलुवामा नेपाली काङ्ग्रेस पार्टीको झण्डा झुन्ड्याएको छ ।

 

नेपाल राष्ट्रिय आधारभूत विधालय बलुवाका प्रधधानाध्यापक देवदत चौधरीसँग यस विषयमा बुझदा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रसारमा बालबालिका प्रयाोग गरेको देखियो । बालबालिकाले नै विधालयमा नेपाली काँग्रेस पार्टीको झन्डा झुण्डयाईएको जानकारी दिए । प्रधानाध्यापक चौधरीले विधालयमा पार्टीको झण्डा झुण्डिएको स्वीकार गरे । पार्टीको झण्डा राखेछ, थाहा पाउने बित्तिकै हटायौँ’, उनले भने ।

 

 

कोल्हवी नगरपालिकाका निर्वाचन अधिकारी रमेश श्रेष्ठले निर्वाचन आचार संहिता विपरीत विधालयमा कुनै पार्टीको झण्डा राख्नु गलत भएको जानकारी दिए ।

Leave a Reply