नरेश गुप्ता

बरियारपुर,बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई निलम्बनमा परेका छन । उनीमाथि २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका प्रमुख सहायक जिल्ला अधिकारी सेढाईविरुद्ध विशेष अदालतमा भ्रष्टारचार मुद्दा दायर गरेसंगै उनी निलम्बनमा परेका हुन । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दा सेढाईले बालगंगा खोलाबाट नदीजन्य पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सेढाई सहायक प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अगाडि सिमराको इलाका प्रशासन कार्यालयमा पनि प्रशासकीय अधिकृतको रुपमा कार्य गर्दै आएका थिए । सेढाईं विरुद्ध आयोगले २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

सेढाईले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तिायरले दर्ता गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

यस्तै अख्तिायर न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

Leave a Reply