आर.के.चौधरी
सखुवाप्रसौनी,सखुवाप्रसौनी गाउँपालिका वडा २ स्थित श्री दिपनरायण अदर्श नमुना माध्यमिक विद्यालय औराहा पन्चगावाको खेलमैदानमा रिसभ मोर्टरस वीरगन्जले ‘बजाज म्यालेज च्याम्पियनशीप’ आयोजना गरेको छ ।
श्री दिपनरायण अदर्श नमुना माध्यमिक विद्यालयको प्रधानध्यापक शिवनाथ थारुको प्रमुख अतिथ्यतामा र रिसभ मोर्टस वीरगन्जका म्यानेजर अर्जुन चौधरी थारुको अध्यक्षतामा सम्पन्न भएको हो ।
बजाज म्यालेज च्याम्पियन प्रतियोगितामा १सय जना सहभागी बनेका थिए। बजाजको प्लाटिना मोटरसाइकलमा १०० मिलिलिटर पेट्रोल हाली खेलमैदानमा गुडाइएको थियो ।
१सय मिलिलिटर पेट्रोलमा सबैभन्दा बढी म्यालेजदिने मोटरसाइकल चालकहरुलाई विजयी घोषणा गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई पुरस्कारको वयवस्था गरिएको थियो ।
प्रतियोगितामाप्रथम हुने स्थानीय शशिकान्त भैया थारुलाई गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु र शिवनाथ थारुले पुरस्कार प्रदान गरेको रिसभ मोर्टसका म्यानेजर चौधरीले जानकारी दिनुभयो ।