निजगढ,निजगढ नगरपालिकाका मेयर सुरथ पुरी निजगढ ५ को खोल्माटोल टोल सुधार समितिसँगै शनिवार टोल सरसफाइ कार्यक्रममा सरिक हुनुभएको छ ।समितिले नियमित रुपमा गर्दै आएको सरसफाइ कार्यक्रममा नगर प्रमुख पुरी उपस्थित भएर सरसफाइमा जुटनुभएको हो । खेल्माटोल नगर प्रमुख पुरीको गृहटोल पनि हो ।नियमित सरसफाइको क्रममा टोलका स्थानीयसंग मिलेर नगर प्रमुख पुरीले सडक, नाला र सार्वजनिक स्थानको सरसफाइ गरेको खोल्माटोल टोल सुधार समितिका अध्यक्ष निर्मल बजगाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here