सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकास्थित कमलपुर नाकाबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको ८ लाख रुपैयासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प गोलागन्जबाट खटिएको गस्ती टोलीले ८ लाख रुपैयासहित भारत बिहारको अगर्वा निबासी १५ वर्षिय बीक्कीकुमार दासलाई पक्राउ गरेको हो । नम्बर प्लेट नरहेको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गरेका दासलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत खुल्न नसकेको ८ लाख रुपैया बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दासलाई बरामद रकम सहित आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक सागर मल्लले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here